संस्कारका पहाडहरुमा
जीवन्तताको मोहजालमा
विसंगतीका चिहानहरुमा,
संगतिका कफिन बाकसमा,
भौँतारीनुको सुविस्ता—
जीन्दगी कन्दमुल—ओखती खोजीमा हिणीरहँदो हो
ति वग्रेल्ति तिम्रा वेथितीहरु
रात्रिगोचर शान्तिहरु
निशाहरुको पटमूर्खतामा
क्षणभंगाकुर—
सुविधा भोगी मानसिकता ।
कुटीलता यहाँ रात्री बनेर झरीरहेछ
अराजकता सौम्यता कायाकल्प बनि,
तिमी परानी धानिरहे छौ ।
के थियो र यहाँ ? 
के छ आज ?
घोडाको टाप लगाएर भागिरहेछ कृष्ण
नगरवधुको चरम नशामा,
विरक्तीहरु पहिल्याउँदै—
यहाँ मृत्यु खोकिरहेछ,
तिमी जज्वल्यमान हुन खोजिरहे छौ !


लेख-अमित पोखरेल