नेपाली माटोलाई प्रेम गर्ने, आफूलाई नेपाली माटोको उपज सम्झिने भारतीय मूलका नेपाली अर्थात् दार्जिलिङ, सिक्किम, कालिम्पोङका नेपाली भाषी भारतीय नागरिकहरू नेपाली रहनसहन संस्कृति भन्दा कत्ती पनि पर छैनन् । उनीहरूको लागी नेपाली गीत सङ्गीत चलचित्र आफ्नो जस्तै लाग्छ र उसै गरी प्रेम र आदर गर्छन् । यति बेला नेपाली राजतपटमा यिनै नेपाललाई आफ्नै घर सम्झिने अनमोल गुरुङले निर्देशन गरेको चलचित्र 'आप्पा' को चर्चा परिचर्चा चलिरहेको छ । असार १३ गते नेपाल तथा भारतमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र युनिट यति बेला प्रचारप्रसारमा लागी परेको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले आप्पा अर्थात् बाबुको भूमिका निभाएका छन् भने डेब्यु नायक सिद्धार्थ राज तामाङलाई छोराको रूपमा देख्न सकिन्छ । यसै गरी उनलाई साथ दिएकी छिन् डेब्यु गर्ल अलोना काबो लेप्चाले । प्रचारप्रसारको क्रममा नेपालमा रहेका नायक नायिका लगायत चलचित्र टिम निकै हार्दिकताका साथ आफ्नै देशमा रहेको आभास भइरहेको बताउँछन् । प्रमोसनमा समय दिइरहेका सिद्धार्थ र अलोना चलचित्रमा अनुबन्धित भएर पहिलो पटक साक्षात्कार हुँदाको पल सम्झिँदै भन्छन् पहिलो भेट निकै अप्ठेरो र कठिन भएको थियो । चलचित्रमा काम गर्ने पक्का भइसकेपछी निर्देशकले एक अर्काको समीप गएर फोटो खिच्ने पोज दिँदा निकै असहज भएको अलोना बताउँछिन् ।

आप्पाकी नायिका अलोना भन्छिन् ,दयाहाङले बुहारी भन्दा खुशी लाग्छ

बिस्तारै चलचित्रको भूमिकाको लागी एक अर्कालाई सहज बनाउने क्रममा मिल्ने साथीको रूपमा एक अर्कालाई लिएपछी काम गर्दा सहज भएको उनीहरूको भनाइ छ । चलचित्रमा काम गर्दा नजिक भएका यी दुई निकै मिल्ने साथी भएको र एक अर्कालाई निकै ख्याल गर्ने र माया गर्ने गर्छन् । साथै अफ स्क्रीनमा पनि दयाहाङले अलोनालाई बुहारी भनेर जिस्काउँदा आफूलाई खुसी लाग्ने अलोनाको भनाइ छ । नेपालमा आफ्नो छुट्टै स्टारड्रम बनाइसकेका र आजका व्यस्त अभिनेता दयाहाङ राईको नेतृत्वदायी भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्र प्रति दर्शकको आशा बढेको छ । बाबु छोराको सम्बन्धमा बनेको चलचित्र 'आप्पा' माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा छ भने पटकथा तय संवाद लेखनमा उमेश उपमाको सहकार्य रहेको छ । चलचित्रमा चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अलोना काबो लेप्चाका अलावा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।