बलिउडमा आयुष्मान खुराना पछिल्लो समय निकै रुचाइएका अभिनेता एवं गायक हुन् । चलचित्र 'अन्धाधुन्ध' मार्फत निकै राम्रो प्रतिक्रिया पाउनुका साथै आफूलाई प्रमाणित गरेका आयुष्मान यति बेला चलचित्र 'आर्टिकल १५' को लागी व्यस्त छन् । यिनै आयुष्मानकी श्रीमती ताहिरा कश्यप यति बेला निकै आलोचित बन्नु का साथै ट्रोलको सिकार भएकी छिन् । लेखक तथा निर्देशक ताहिराले पारिवारिक भ्रमणका समयमा बुद्धको प्रतिमामा बसे फोटो खिचाएकी थिइन् जसको कारण उनले आलोचना खेप्नु परेको छ । उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् तत्काल नकारात्मक प्रतिक्रिया आउन थालेपछी हटाइन् पनि तर एक पटक सार्वजनिक भइसकेको तस्बिर दुनियाँबाट लुक्ने कुरै भएन सोही तस्बिरलाई लिएर उनीप्रति कटाक्ष गरिएको हो । फोटोमा उनी भगवान् बुद्धको हातमा मजाले बसेकी छिन् । सबै धर्मको सम्मान गर्नु पर्ने र बुद्धमाथि बस्नु  बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो भन्दै उनीप्रति आक्रोश व्यक्त गरिएको छ । यद्दपी उनले यस विषयमा माफी पनि मागिसकेकी छिन् ।