अहिलेको डिजिटल युगमा कलाकार हुन् या अन्य सेलिब्रेटी उनीहरूको सफलताको मापन गर्ने एउटा सहज तरिका बनेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा भएका लाईक र फलोअर्स हेरेर अरूको मूल्य निर्धारण गर्ने समय हो यो । आफ्ना शुभ चिन्तकहरूमाझ कुनै न कुनै माध्यमबाट पुग्नु कुनै पनि सेलिब्रेटीको लागी राम्रो पनि हो । तब न बलिउड, हलिउड अनि कलिउडका सेलिब्रेटीहरुले आफ्नो फेसबुक पेज इन्स्टाग्राम आदिमा आफूलाई अपडेट गराइराखेका हुन्छन् । यसैबिच फेक फेसबुक आइडीबाट दिक्क भएका नेपाली चलचित्र क्षेत्रका हाँँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को फेसबुकको एकाउन्ट पेज फेसबुकले भेरिफाइड गरेको छ ।

माग्ने बुढाको फेसबुक अकाउन्ट भेरीफाइड:भन्छन् 'अब फेक आइडीबाट दुख हुँदैन'

नेपालका धेरै सेलिब्रिटीको फेसबुकमा एकाउन्ट र लाइक पेज दुवै छ । अधिकांशको फेसबुक पेज भेरिफाइड पनि छ तर फेसबुक एकाउन्ट नै भेरीफाइड हुने केदार सम्भवतः नेपालको पहिलो कलाकार हुन् । तीन वर्षदेखि एकाउन्ट भेरिफाइड गराउनका लागि प्रोसेस गरेका उनले सरकारी कागजपत्र समेत पेस गरेको बताएका छन् । फेसबुक भेरीफाइड भएपछि ढुक्क उनी भन्छन्, अब फेक आइडीबाट दर्शकहरूले दुःख पाउनु हुनेछैन भन्नेमा ढुक्क छु ।’