दिनेश राउत र आर्यन सिग्देलको सम्बन्ध चिसिएको निकै समय भैसकेको छ। अभिनेता आर्यन सिग्देलले निर्देशक दिनेश राउतलाई फेसवुकमा ब्लक हानेको कुराले मिडियामा केहि समय अगाडी निकै राम्रो चर्चा पायो। चलचित्र ‘पर्व’ बाट दिनेश राउत क्याप बाट बाहिरिएका आर्यन यतिबेला रेखा थापा क्यापमा प्रवेश गरेका छन् । तर निर्देशक राउतले एक मिडियासँग कुरा गर्दे आफुहरुको सम्बन्ध सुमधुर रहेको बताएका थिए । 

दिनेश र नम्रता संग आर्यनकोे सम्वन्ध बिग्रएको ल बेलामा यी तीनको बारेमा नयाँ खबर बाहिरिएको छ। केहि समयबाट दिनेश राउतले चलचित्र ‘टकिला सनराइज’ निर्माण गर्ने चर्चा चलिरहेको छ ।आर्यन सिग्देल टाढिएपछि नम्रता र दिनेशले आर्यनलाई देखाउनकै लागी आदित्यनारायण झा लाई चलचित्रमा खेलाउने प्रयास गरिरहेको खबर बाहिरिएको छ। बलिउड गायक आदित्य चर्चित गायक उदितनारायण झा का छोरा हुन्। दिनेश राउत र नम्रता श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रमा आदित्यलाई खेलाउने कसरत भैरहेको छ। आर्यनले चलचित्रको पटकथा चित्त नबुझेको भन्दै खेल्न ईन्कार गरेका थिए। चलचित्रको स्क्रिप्ट देखि पैसाको कुरा सम्म आदित्य संग भैरहेको बताईएको छ। अव आर्यन संगको चिसिएको यो सम्बन्धले नयाँ चलचित्र कस्तो बन्ने हो त्यो चै भविष्यमा थाहा हुनेछ ।