रेश्मा घिमिरे पछिल्लो समय म्युजिक भिडियो लगायत सामाजिक सञ्जालमा धेरै सुनिएको नाम हो । गीत 'इन्स्टाको फोटो' बाट सर्वाधिक चर्चा कमाएकी उनै रेश्मा फिचर्ड गीत 'माया घटेन' सार्वजनिक भएको छ । गायिका देविका वन्दनाको आवाज रहेको गीतमा रेश्माले कम्मर मर्काएकी छिन् । केही समय अघि कि निकै लोकप्रिय गायिका देविका वन्दनाको यस सुमधुर गीत दीपक शर्माले रचना गरेका हुन् भने सङ्गीत पनि उनकै रहेको छ । राजन ईशानको एरेन्ज रहेको गीतको भिडियोमा सन्तोष राजबहाकले कोरियोग्राफी गरेका हुन् । यसै गरी राम कुमार के सीले भिडियो खिचेका हुन् भने निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । माया भन्ने कुरा उमेर, समय अनि अन्य बाहिरी जुनसुकै कुराले पनि घट्दैन । जसरी पोखरीको पानी एउटा सानो घैलामा अट्दैन उसै गरी माया गर्ने मान्छेलाई दिने माया कहिल्यै घट्दैन भन्ने भाव बोकेको गीतको भिडियो उत्कृष्ट बनेको छ । सिनेम्याटोग्राफी र कोरियोग्राफी दुवै गीतको सुमधुरतामा मेल खाने खालको छ ।