साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको चलचित्र 'रातो टिका निधारमा'को छायाङ्कन सम्पन्न भएको छ । आगामी दशैमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको चलचित्रको काठमाडौँ र झापामा छयायाङ्कन गरिएको छ । २९ दिने लामो छायाङ्कन पछि चलचित्रको प्याक अप भएको हो । अशोक शर्माको निर्देशनमा बनिरहेको चलचित्रको शीर्ष गीत केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको निर्देशक शर्माले बताएका छन् । चलचित्रमा मुख्य भूमिकामा देखिने नायक अंकित निर्देशक शर्माका छोरा हुन् उनले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका छन् । चलचित्रको छायाङ्कनको समयदेखि नै चलचित्रमा साम्राज्ञीलाई अहिलेसम्म कै फरक अवतारमा देखिने भनी चर्चा हुँदै आएको छ ।
'रातो टिका निधारमा'मा साम्राज्ञी र अंकितसँगै निता ढुङ्गाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय अभिनय छ । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रूपमा छन् । यसै गरी चलचित्रमा वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन शम्भुजित बाँस्कोटाकल्याण सिंहको सङ्गीत तथा गीतहरूमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको आवाज रहेको छ ।