म्युजिक भिडियोदेखी चलचित्र सबैबाट दर्शकको मन जितेकी नायिका आँचल शर्मा फिचर्ड म्युजिक भिडियो 'माया सररर' सार्वजनिक भएको छ । गायक सचिन रौनियारको स्वर रहेको गीतमा शव्द तथा संगीत जितेन लेप्चाको रहेको छ । साथमा गीतको भिडियोमा आँचलका साथमा गायक सचिन र शब्द/सङ्गीतकार लेप्चाको प्रस्तुती रहेको छ । गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन साथै भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  बिकाश ज्ञवालीको सम्पादन रहेको छ । मनोरन्जनात्मक गीतको भिडियोमा आँचलको पछी लाग्दै आफुलाई माया गर्न आग्रह गरेका छन् सचिन र जितेनले । माया प्रेम र गीत सङ्गीत एक अर्काको परिपुरक जस्तै हुन्, आफ्नो मनको कुरा व्यक्त गर्ने गीतको रुपमा 'माया सररर' बनेको छ । गीतलाई एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।