गत बर्ष चलचित्र ’’लुट २’’ को ’ठमेल बजार’ र ’’पर्व’’को ’काले दाई’ले धेरैलाई नचायो । यी गीतहरु धेरैको मुखमा झुण्डियो, हरेक गल्ली, बिहे पार्टी हरेक ठाँउमा गुन्जिएका यी गीतहरुले युट्युबमा पनि रेकर्ड बनाउन सफल भए । गीतहरु जति नै चर्चित भएता पनि गायिका भने गुमनाम नै रहिन् । यिनै चर्चित गीत गाउने गायिका मिना निरौलाको सुरिलो स्वर तर फरक स्वाद भएको आवाजलाई धेरैले रुचाए । दुई गीतहरु एकपछि अर्को गर्दै हिट भएपछि भने उनलाई खोज्न थालियो ।
कति दर्शक श्रोताले उनी नव गायिका हुन् भनेर चिनेता पनि उनले यो सफलता पाउन आफ्नो १५ बर्ष खर्चेकी छिन् । १५ बर्षको सांगेतिक यात्रामा १०बर्ष उनले नेपाली संगीतमा नै बिताइसकेकी छिन् । भारतको मणिपुरमा जन्मिएकी मिरा भन्छिन् ,’’नेपाली संगीताकाशमा लागेको नै १० बर्ष भयो यस अघि आफ्नो सांगेतिक यात्रा उत्तै बाट सुरु गरेकी हु ।’’ मणिपुरका केहि चलचित्रमा उनले पाश्र्व गित गाएकी छिन् । 
नेपाल आएपछि नेपालयले आयोजना गरेको पलेँटी शृंखलामा अमर गुरङ, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, किरण प्रधान, सीके रसाइलीका साथमा पनि गीत गाउने मौका पाइन् । त्यसैक्रममा उनले केही गीतहरु गाउने मौका पनि पाइन् । तर ती गीतहरुले उनलाई गायिकाको रुपमा परिचित गराउन उति मद्दत भने गरेनन् । जब ठमेल बजार र काले दाई चर्चित भए तब मिरालाई खोज्न थालियो । उनि भन्छिन्, ’’ मिडिया सामु छाउन् मैले त्यस्तो केही काम पनि गरेको थिइन्,अहिले बल्ल धेरैले खोज्न थाल्नु भएको छ ।’’ 
उनको आवाजमा लगभग डेढ दर्जनजति गीतहरु रेर्कड गराइसकेकी मिरा ठमेल बजार गीत गाउदाको क्षण मिरा सुनाउछिन् ,’’ केहि समय अगाडी नै संगीतकार कालिप्रसाद बासकोटासँग मेरो भेट भएको थियो । उहाँलाई मेरो स्वरको बारेमा थाहा भएको हुनाले कस्तो गीत गाउदा सुहाउछ थाहा थियो त्यसैले ठमेल बजारको अफर गर्नुभयो । जब चलचित्र ‘लुट २’को ठमेल बजारमा बोलको गीत गाएँ, त्यसबाट धेरै प्रशंसा पाइरहेकी छु । सुरुमा त यति धेरै हिट होलाजस्तो लागेको थिएन । ठमेल बजार गीतको शब्द, संगीत, एरेन्जअनुसार मेरो स्वर म्याच गरेको छ भन्छन् सबैले । चलचित्रको ब्यानर राम्रो भएकाले पनि गीतले माइलेज पायो । मलाई खुसी लागेको छ ।’’