चलचित्र ‘एकलब्य’को पहिलो गीत ‘पूर्वै चल्नेया रेल…' सार्वजनिक हुनुका साथै चलचित्रको प्रदर्शनको नीति तोकिएको छ । चलचित्र साउन १० मा प्रदशनमा आउने भएको छ । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ । साथमा राजेन्द्र बजगाईँको शब्द सङ्गीत रहेको छ । यसै गरी गीतमा चलचित्रका मुख्य कलाकार सोनाम थापा मगर र मोडल सन्ध्याको साथमा कलाकार ओसिन भट्टराई भट्टराई फिचर्ड छन् । गीतमा सय भन्दा बढी कोरसको प्रयोग गरिएको छ । पारिवारिक प्रेमकथामा आधारित चलचित्र अनमोल शर्माले निर्देशन गरेको पहिलो चलचित्र हो । चलचित्रमा सोनाम र ओसिनसँगै महिमा सिलवाल, पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको अभिनय छ । राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापाको संयुक्त निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा संवाद, कृष्ण श्रेष्ठको छायाङ्कन रहेको छ ।