बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनी लामो समयदेखि अर्काको प्रेममा छन् । बलिउडमा ‘क्युट कपल’को रूपमा चिनिने जोडीलाई सबैभन्दा आकर्षक मान्ने हरुको कुनै कमी छैन । आजका मितिसम्म आफ्नो सम्बन्धका बारेमा सार्वजनिक रूपमै स्वीकार त गरेका छैनन् तर प्रेम सम्बन्ध अफेयरका कारण चर्चामा भने आइरहन्छन् । यसैबिच अहिले आएर दुईको ब्रेक अप भएको खबर सार्वजनिक भएको छ । पछिल्ला केही हप्तादेखि उनीहरू दुवै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका छन् भने पिंकभिलामा प्रकाशित एउटा रिपोर्टका अनुसार दिशा र टाइगरले छुट्टिने निर्णय गरिसकेका छन् । दुबैका निकटस्थ सूत्र अनुसार दुबैबिच धेरै अघिदेखि मतभेद जारी थियो, जसलाई उनीहरूले नै सुल्झाइरहेका थिए । अहिले आएर उनीहरूले प्रेमी-प्रेमिकाको साटो राम्रो साथी मात्र रहने निर्णय गरेका हुन् । उनीहरू दुवैले सहमतिमै एक-अर्काबाट अलग हुने निर्णय गरेको बताइन्छ ।