प्रियंका कार्की, आयुष्मान देशराज जोशी फिचर्ड म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ । मोहन राईको आवाज रहेको सार्वजनिक गीतमा दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको सङ्गीत रहेको छ । गीतको भिडियोलाई राजेन्द्र महर्जनले निर्देशन गरेका छन् । उक्त गीत ‘मायाको खेल’ एल्बममा संग्रहित छ । सुष्मा कोइरालाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुमित राज भट्टले खिचेका हुन् । मायाको अनि समयको खेलले मनमा पिडा दिन्छन् । अनिदो रात, मनको चोट केबल माया गर्ने मान्छेलाई किन हुन्छ? भन्ने भाव बोकेको गीतको भिडियोमा प्रियंका, आयुष्मानका साथमा डिजन भट्टराई को अभिनय रहेको छ । कहिल्यै फर्केर नआउने मायाको बाटो कुरेर बस्नु, प्रेमको पूजा गर्नु कसरी बोझ बनिदिन्छ भन्ने प्रश्न गीतले बोकेको छ ।