गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को टिजर सार्वजनिक भएको छ । असोज ११ गते प्रदर्शन तय गरेको चलचित्र छक्का पञ्जा २ ले बलिउड चलचित्र ‘बाहुबली २’ प्रदर्शनको समयमा चलचित्रकाे टिजर हलमा देखाईएको थियो ।


१ मिनेट १३ सेकेण्ड लामो टिजरमा चलचित्रका कलाकार दीपक राज गिरी र बुद्धि तामाङलाई देखाइएको छ । चलचित्रको एउटा गीत बाहेक बाँकी सुटिङ केही दिन अघि नै सकिएको थियो । दिपाश्री निरौलाको निर्देशनमा रहेको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, लगायतका कलाकारको अभिनय रहेको छ।