सातै प्रदेशमा साङ्गीतिक प्रस्तुती गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण पनि छिट्टै सुरु हुने भएको छ । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरङ्गले दोस्रो संकरणको लागी कलाकारहरू फाइनल गरिरहेको छ । यति बेला सम्म सप्तरङ्गका लागी सातै कलाकार फाइन भइसकेका छन् । नयॉ रङ्ग जोड्ने क्रममा सातौँ रङ्गको रूपमा सोमबार हास्य कलाकार जितु नेपाल (मुन्द्रे)लाई स्वागत गरेको ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले सार्वजनिक गरेका छन् । राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, गायक हिमाल सागर, गायक प्रकाश सपुत र रवि ओढ सप्तरंगको हिस्सा बनिसकेका छन् ।
साङ्गीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने लक्ष्य रहेको र व्यावसायिक भन्दा पनि सद्भाव बाढ्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी गराउँदै आएको छ ।