चलचित्र ‘द डार्क एन्ड लाइट’ को मङ्गलवार पोखरामा ‘राधा कृष्ण’ बोलको गीतको छायाङ्कन सँगै प्याक अप भएको छ । साथै खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो चलचित्र भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । ‘राधा कृष्ण’ बोलको गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको गीतमा सरस्वती भुजेलको स्वर रहेको छ । सरस्वती चलचित्रकी निर्मात्री, निर्देशक र कलाकार समेत हुन् । समसामयिक विषयमा आधारित भनिएको चलचित्रलाई सरस्वती सँगै राजु अर्याल र पिटर खालिङले संयुक्त रूपमा निर्देशन गरेका हुन् । कमेडी, रोमान्स तथा द्वन्द्व सबै को मिश्रण चलचित्र पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राईलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक पिटर स्वयंमको हो । साथमा चलचित्रमा कुमार महर्जनको द्वन्द्व, शिव ढकाल तथा सविन भट्टराईले छायाङ्कन रहेको छ ।