सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिविहीन बालबालिकाहरूलाई सिपमूलक तालीम र वासस्थान निर्माणका लागि रकम जुटाउन अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुने भएको छ । सिन्धुपाल्चोक नेत्र हीन सङ्घको सहयोगार्थ अस्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेसनले आयोजना गरेको कार्यक्रम अस्ट्रेलियाका सात विभिन्न ठाउँमा कन्सर्ट आयोजना हुने छ । महानायक राजेश हमालको नेतृत्वमा हुन लागेको उक्त कार्यक्रममा पछिल्लो समय नेपालमा मात्र नभएर भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुका पौडेल, युवा पुस्तामाझ खुब रुचाइएकी पप गायिका एन्जिला रेग्मी र कलाकार शैलेन्द्र सिम्खडा सहभागी हुँदै छन् ।

तासमनियामा जुन ३० मा, ब्रिसबेनमा जुलाई ४ मा, गोल्ड कोस्टमा जुलाई ७ मा, जुलाई ८ मा क्विसल्याण्डमा, जुलाई १२ मा सिड्नीमा, जुलाई १३ मा एडिलेटमा र जुलाई १४ का दिन मेलबर्नमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम महानायक राजेश हमालको रोहबरमा सम्बन्धित संस्थालाई पत्रकार सम्मेलनको आयोजना गरेर उपलब्ध गराइने जानकारी दिइएको छ । कार्यक्रमका लागी बिहीबार अस्ट्रेलिया तर्फ लाग्दै छ ।

राजेश हमालको नेतृत्वमा अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुँदै राजेश हमालको नेतृत्वमा अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुँदै राजेश हमालको नेतृत्वमा अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुँदै