युट्युबमा केही समय यताबाट चर्चित बनेको गीत ‘अनि किन ल्याङ ल्याङ गर्दैछौ मैया’को बिहीबार छायाङ्कन सम्पन्न भएको छ । यो गीतको युट्युबमा धेरै कभर भिडियोहरु बनिसकेको छ । चलचित्र ‘रोमियो’ रहेको उक्त गीतलाई बिहीबार काठमाण्डौको ठमेलमा रहेको एक बारमा सुटिङ गरिएको थियो ।

८० जना भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा चलचित्रका मुख्य कलाकार हसनराजा खान र नव नायिका ओसिमा बानुले नृत्य गरेका छन् भने नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाले यी दुईलाई उक्त गीतमा साथ दिएका छन् ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा सहीमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर र सङ्गीत रहेको छ । शङ्कर कार्कीको निर्देशन रहेको चलचित्र ‘रोमियो’मा हसन र ओशिमाको साथमा निशा अधिकारी, मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ । नायक हसनराजा खानकै निर्माणमा तयार भएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।