‘कर्णाली ब्लुज’ तथा फिरफिरे जस्ता चर्चित उपन्यास लेखेर दर्शकको मन जितिसकेका लेखक बुद्धिसागर यति बेला चलचित्रको स्क्रिप्टको लेखन तर्फ लागेका छन् । गएको एक वर्षयता उनी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका थिए । ‘बर्मजंगको भिडियो’ नाम दिइएको चलचित्रको स्क्रिप्टको लागी उनले १० लाख पारिश्रमिक बुझेको बताइएको छ । अर्जुन कुमारको निर्माणमा बन्ने चलचित्रलाई राम बाबु गुरुङले निर्देशन गर्दै छन् । ‘चपली हाइट्’को तेस्रो सिरिजको निर्माणमा जुटेको टिम यसको छायाङ्कन सक्काए लगत्तै ‘बर्मजंगको भिडियो’ को निर्माणमा लाग्ने निर्माता अर्जुन कुमारको भनाइ छ । बुद्धिसागरको आफ्नै स्मृति आलेख ‘बर्मजंगको भिडियो’को पहिलो ड्राफ्ट सक्काएर पटकथा काम गरिरहेका छन् । यसैको लागी हाल बुद्धिसागर र निर्देशक रामबाबु छलफल गरिरहेका छन् । भनाइ अनुसार चलचित्र हेर्न साह्रै मन पराउने युवक को कथामा चलचित्र घुम्ने छ ।