पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला बन्ने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले स्क्रिप्टमा काम भइरहेको भन्दै बिहीबार बिहान फेसबुकमा ‘म यस्तो गीत गाउँछु २’ बन्ने जानकारी दिएका हुन् । चलचित्र ‘म यस्तो गीत गाउँछु' को प्रदर्शन लगत्तै निर्माण पक्षले दोस्रो शृङ्खलाको निर्माणको घोषणा गरेका थिए तर अन्य चलचित्रलाई नै प्राथमिकता दिइयो । यति बेला निर्देशक सुदर्शन थापा चलचित्र 'सम्हालिन्छ कहिले मन'को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । पहिलो भागमा पूजा र पलको जोडिलाई दर्शकले रुचाएका थिए भने दोस्रो भागमा पनि यही जोडी दोहोरिएला कि अन्य विकल्प खोजिनेछ त्यो चासोको विषय बनेको छ ।