भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'जाइरा'को गीत ‘आँखैले बोल्छ’ सार्वजनिक भएको छ । सन्तोष लामाको आवाज रहेको गीतमा कल्याण सिंहको सङ्गीत र रवि मल्लले शब्द रहेको छ । साथमा गीतको भिडियोमा चलचित्रकाका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । गीतमा नम्रता र अनुपको प्रेमलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । बिहीबार ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए जसलाई गोविन्द शाहीले कोरियोग्राफी गरेका थिए । एक्सन-लभ स्टोरी जनरामा बनेको चलचित्रमा नम्रताले मिक्स मार्सल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् ।
मार्सल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् भने आफ्नो कपाल समेत काटेकी थिइन् । चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेकाअ हुन् उनको यो डेब्यु निर्देशन हो । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् ।