महान् कथाकार एन्टन चेखवद्वारा लिखित कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक ‘मैनदानी’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । कुनै पनि कलात्मक वस्तुलाई समाजका विभिन्न पात्रहरूले कसरी हेर्छन् ? कसरी बुझ्छन् ? भन्ने कथा बोकेको नाटकलाई संयोग गुरागाईँले निर्देशन तथा परिकल्पना गरेका हुन् । सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको नाटकलाई युनिक केसीले निर्माण गरेका हुन् । नाटकमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरू अभिनय रहेको छ। सोमबार बाहेक हरेक साँझ ५:१५मा मञ्चन हुने 'मैनदानी' असार १३ देखी साउन ५ सम्म मञ्चन हुनेछ ।