असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'सानो मन' युनिट मोफसल प्रचारमा लागिपरेको छ । शुक्रवार चितवनका सञ्चारकर्मी बिच कार्यक्रम आयोजना गर्दै प्रचारप्रसार सुरु गरेको हो । चलचित्रमा नायक आयुष्मान जोशी नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । यी दुईबिचको मित्रता प्रेम र जीवनको यात्राबिच चलचित्रको कथा घुमेको छ । तर चलचित्रको प्रचारप्रसार सुरु हुँदा नायक आयुष्मान मोफसल प्रचारप्रसारमा सहभागी भएका छैनन् । तथापि चलचित्रकी नायिका शिल्पा मास्के ,कलाकार सक्षम कृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धर लगायतको उपस्थितिमा प्रचारप्रसारको काम भइरहेको छ । चितवनको कार्यक्रममा शिल्पाले यस चलचित्रमा निकै मेहेनेत गरेको र 'सानो मन' दर्शकलाई मन पर्ने बताइन् साथै आफूले चलचित्रले कथा बस्तु राम्रो लगेर काम गरेको पनि खुलाइन् ।
यसै गरी चलचित्रका अर्का मुख्य कलाकार कृष्ण सुवेदीले आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहनत गरेको र यस चलचित्रबाट ठुलो आशा लिएको बताएका छन् । चितवनमा पत्रकार भेटघाट र अन्तर्क्रिया सकिए लगत्तै चलचित्र युनिट पोखरातर्फ लागेको छ । सुयोग गुरुङको निर्देशित फिल्म ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्केका साथमा विशाल पहारी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुसाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई राजेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।