नेपाली रजतपट होस् या हास्यव्यङ्ग्य क्षेत्रमा राता मकैको उपनामले चिनिने किरण केसीको आज (असार १५ ) जन्मदिन परेको छ । आजबाट ६२ वर्षमा प्रवेश गरेका उनी कुनै पनि हिसाबले आफ्नो उमेरसँग मिल्दो लाग्दैनन् । दिन प्रतिदिन कलाकारितामा जोस र जाँगरका साथ अगाडी बढिरहेका उनलाई हेर्दा लाग्छ उमेर भन्ने कुरा एउटा नम्बर मात्र हो । गत हप्ता उनी अभिनीत र निर्मित चलचित्र 'दाल भात तरकारी'ले सफलताका साथ प्रदर्शनको ५१औँ दिन मनायो । यसै चलचित्रबाट उनका छोरा सुदन केसीले निर्देशनमा पाइला राखे । उनी ब बताउँछन्, 'यो मेरो लागी सबैभन्दा ठुलो खुसी को कुरा हो' । समाजको सेवा गर्दै कलामै मर्न पाउँ भन्ने इच्छा भएका राता मकै आफ्नो सन्तोष लिने बानी र सकारात्मक विचारले गर्दा नै उमेरलाई जित्न सफल भएको बताउँछन् । नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा एउटा फरक र उँचो सिँढी थप्न सफल राता मकैलाई जन्मदिनको शुभकामना ।