सफल चलचित्र 'कबड्डी' को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति घोषणा गरेको छ । चलचित्रले तिजको अवसर पारेर आगामी भदौ १३ लाई रिलिज मिति लक गरेको हो । निर्माता एवं निर्देशक रामबाबु गुरुङले आइतबार वितरकसँगको सल्लाहमा डेट फाइनल हुने भनेका छन् भने वितरक कम्पनी वैंकटेश इन्टरटेनमेन्टले चाहिँ उक्त मितिमै फिल्म रिलिज निश्चित भएको जनाएको छ । वितरक प्रमुख मनोज राठीले पनि उक्त डेट कबड्डी सिक्वेललाई तय गरिएको बताएका छन् । यसै गरी उक्त डेटमा साम्राज्ञी आर.एल शाह स्टारर चलचित्र ‘मारुनी’ पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ । 'मारुनी' नारी प्रधान चलचित्र भएकाले भदौ १३ गते तीजको छेकोमा नै प्रदर्शनमा ल्याउने निर्माण पक्षको भनाइ छ ।
चलचित्रले विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथा भन्ने छ । भने चलचित्रलाई अर्गानिक स्वाद दिन पोख्त रामबाबु गुरुङले निर्देशन गरेका छन् यसै गरी मनी राम पोख्रेल, ओम चन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । दयाहाङ राई , रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।