असार ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आइफाको २० औँ संस्करणको आयोजना नेपालमा हुने र सरकारले १ अर्ब रुपैयाँ व्यवस्थापन र आयोजना गर्नको लागी खर्च गर्ने घोषणा गर्‍यो । काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लाई लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको जानकारी सार्वजनिक भएको छ । यो खबरसँगै यस विषयमा चर्चा परिचर्चा चलिरहेको छ । नेपाली कला संरक्षण, चलचित्र क्षेत्रको विकास र नेपाली कलाकारप्रतिको सम्मानको लागी एक रुपैयाँ खर्च गर्न नसक्ने सरकारले विदेशको प्राइभेट संस्थाको अवार्डलाई खर्बौँ खर्च गर्न लागेको भन्दै विरोध भइरहेको छ । यसै बिच एक कार्यक्रममा नेपाली कलाकारहरूले यस विषयमा आफ्नो विचार राखेका छन् । नेपाली चलचित्रको नाममा आजसम्म एउटा गतिलो अवार्ड गर्न नसक्ने नेपाली चलचित्रलाई विदेशसम्म पुर्‍याउने पहल गर्न नसक्ने तर राज्यको ढुकुटी सकेर कार्यक्रम आयोजना गर्ने लागेको भनी कलाकारहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबिच मिडिया सामु बोल्दै अभिनेत्री करिष्मा मानन्धरले यस्ता कार्यक्रमलाई स्वागत गर्नु राम्रो कुरा हो तर यती ठुलो बजेट खर्च गरेर ल्याउनु उचित नहुने बताउँछिन् ।अभिनेता भुवन केसी भन्छन्, जसरी हामी अरूलाई स्वागत गर्छौँ उसै गरी नेपाली कलाकारलाई पनि स्वागत र सम्मान गर्ने वातावरण हुनु पर्छ, यस्तो कार्यक्रम हुनु निकै राम्रो हो र कलाकारहरू पाहुनालाई स्वागत गर्न जहिल्यै तयार हुन्छन् । अर्का कलाकार जितु नेपाल पनि हामी यस्ता कार्यक्रम आयोजना गरेर खर्च व्यहोर्न सक्ने स्थितिमा आइपुगी सकेका छैनौँ । बाटो देखी कार्यक्रम आयोजना गर्ने उचित हलसम्म नभएको ठाउँमा, बस्ने सिट देखी छानोसम्म उतै बाट ल्याउनु पर्ने स्थितिमा त्यति धेरै रकम दिनु भन्दा देशका विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गर्ने हल निर्माण गर्‍यो भने पछिसम्म लाई सहज हुने बिचार राख्छन् । अभिनेता शिव श्रेष्ठ भने यो कुरालाई सकारात्मक देखिन्छन् । उनी भन्छन्, हामीले यसलाई समर्थन गर्नु पर्छ पहिलोपल्ट हुन लागेको यस कार्यक्रमले समग्र राष्ट्रलाई सकारात्मक फाइदा हुन्छ । राष्ट्रलाई फाइदा हुनु भनेको सबैलाई फाइदा हुनु हो ।नजर अझ बढेर जानेछ ।

समग्रमा भन्नु पर्दा देशको समग्र विकाशको लागी कला संस्कृतिको जगेर्ना गर्नु निकै महत्त्वपूर्ण हुन्छ । कलाकार भनेका गहना हुन् उनीहरूको सेवा सुविधा, सहज असहज सबै कुरामा राज्यको निकै ठुलो भूमिका हुनुपर्ने हो । तर आफूलाई नै मारेर, आफ्नै पेट कटाएर अघाएको मान्छेलाई कोच्याउने प्रवृत्ति भने बिलकुल सह्य हुँदैन । आफ्नो देशमा आफ्नो माटोमा विश्वले चिनेको, विश्वले सम्मान दिएको अनि विश्वकै नजर पर्ने खालको कार्यक्रम हुनु भनेको कसैगरी नराम्रो हुँदैन । नेपाल जस्तो विकाशौन्मुख देशमा उच्च पदस्थ विदेशी पाहुनालाई भित्र्याउन सक्नु पर्यटन प्रवर्धनको लागी सहयोग पुग्ने कुरा हो । आतिथ्य सम्मान गर्नु सेवा र सुरक्षामा आँच आउन नदिनु र भावनात्मक सहयोग गर्नु पनि कुनै आर्थिक सहयोग भन्दा कम हुँदैन । यही कुरालाई मध्य नजर गर्दै खुला मनले राज्य, जनता र कलाकारले समेत सहयोग गर्ने हो भने नेपालले पाउने सम्मान र हेर्ने

आइफा अवार्ड बारे के भन्छन् कलाकार ? नेपाली कलाकारमाथी होला त न्याय ?