निर्माता तथा कलाकार किरण केसीले आफ्नो ६२ औँ जन्मदिन मनाएका छन् । काठमाडौँमा एक कार्यक्रम आयोजना गरी कलाकार तथा पत्रकारबिच उनले आफ्नो जन्मदिन मनाए । असार १५ मा चलचित्रकर्मी र पत्रकारलाई बोलाएर उनले दही चिउरा खुवाएर जन्मदिन मनाएका हुन् । केसीको जन्मदिनमा शुभकामना दिनका लागि हाँस्य क्षेत्रका अधिकांश कलाकार उपस्थित थिए । कार्यक्रममा चलचित्र ‘लक्का जवान’ निर्माण हुने घोषणा पनि भएको छ । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी कथामा बन्ने र शिवहरि पौडेलले निर्देशन गर्ने भएका छन् । हास्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू चलचित्र हो । चलचित्रमा ध्रुव ओन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने छ । भने फिल्मका सह–निर्मातामा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौड्याल हुन् ।