कार्तिक २२ गतेबाट रिलिज हुने चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक भएको छ । धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका कलाकार विकास थापा मगरको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको पोस्टर तथा ट्रेलर रिलिज गरिएको हो । एक्सन लभस्टारी जनरामा निर्माण भएको चलचित्रलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । सत्य घटनामा आधारित भनिएको चलचित्रमा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतका कलाकारहरूको अभिनय रहेको छ । सुमन खत्री, झम्का देवी कालाखेती र करण सिंह बोहराको लगानी छ साथमा कार्यकारी निर्माताको जिम्मेवारी मदन थिङले सम्हालेका छन् । चलचित्रमा श्रवन सम्राटको कथा, विकास चौधरीको सङ्गीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन बस्यालको कोरियोग्राफी,देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन रहेको छ ।