आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा सङ्गीत रहेको छ भने सार्वजनिक भिडियो शिव बिकेले निर्देशन गरेका हुन् । लोक फ्लेभरको गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको फिचर्ड छन् । अजय रेग्मीको छायाङ्कन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । गायक रिमालको यसअघि सार्वजनिक भएको गीत 'सिन्की अचार'लाई दर्शका श्रोताले मन पराएका थिए । माया प्रेमको भाव बोकेको 'मायाको चिनो' ले नेपाली लोक भाका र आफ्नो पनको आभास गराउँछ ।