प्रमोद खरेल नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै परिचित र लोकप्रिय नाम हो । उनले गाएका गीतहरू दर्शक श्रोताको मुखमा अनि मनमा बसेका हुन्छन् । यिनै प्रमोद खरेलले नयाँ गीत 'प्रेम फुल' लिएर आएका छन् । एसी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सुमित्रा थुलुङ अश्रुधाराको शब्द सृजना रहेको छ भने डी आर अटुको सङ्गीत रहेको छ । माया एउटा फुल हो जुन मौसम बिना नै फुलिदिन्छ । सपना र आशा बोकेर बाँच्नु मायाको नियति हो भन्ने भाव बोकेको गीतले बोकेको छ । आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको गीतको भिडियोमा चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ , उमेश लम्साल लगायत कलाकार फिचर्ड छन् । भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका हुन् भने छायाङ्कन सुशील डाँगीले गरेका हुन् ।