पशुपतिप्रसाद फेम्ड डिरेक्टर दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र 'आमा' बन्ने भएको छ । सोमबार पशुपतिमा चलचित्रको औपचारिक रूपमा सुरु गरिएको छ । चलचित्रको पहिलो सट पशुपतिमा खिचेर शुभारम्भ गरिएको हो । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले आमा र छोरीको कथालाई उठान गर्नेछ । चलचित्रमा सूर्य माला खनाल, सुरक्षा पन्त, मनिश निरौला लगायत कलाकारको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् । आगामी फागुन ९ लाई रिलिज मिति तोकेर चलचित्र निर्माण सुरु भएको छ । चलचित्रमा सरल कथावस्तु अनि कलाकारको मिठो संयोजन गर्न सिपालु दीपेन्द्रको यस चलचित्रले पनि निकै दर्शकको मन जित्नेमा दुइमत छैन ।