विप्लव नेतृत्व पार्टीका नेता, चलचित्र ‘मालिका’का कार्यकारी निर्माता, निर्माता तथा कथाकार नर बहादुर कार्की गत साता दरबारमर्गको एक रेस्टुरेन्टबाट पक्राउ परेका थिए । एक वर्ष अघि भव्य कार्यक्रमका बिच नरबहादुर विप्लव समूहमा प्रवेश गरेका थिए । कार्की अदालतबाट सोमबार धरौटीमा छुटेका हुन् । उनी रिहा भएसँगै उनको स्वागतमा ‘मालिका’का निर्देशक, निर्माता तथा कलाकार रेखा थापा पनि पुगेकी थिइन् । कार्की पक्राउ परेपछी थापाले निकै विरोध गरेकी थिइन् । रिहा पश्चात् मोटिभेसनल स्पिकर समेत रहेका कार्कीले निषेधको नीतिले संसारभर कतै पनि प्रिय खालका समाधान न आउने बताएका छन् । ‘मालिका’ पछि नरबहादुर र रेखा निकै नजिक छन् ।