‘एलजीबीटिआई’ समुदायको सम्मान गर्दै जुन महिनाको अन्तिम दिन अर्थात् प्राइड मन्थको अन्तिम दिन पारेर अभिनेत्री प्रियंका कार्कीले लेस्बियन कथामा आधारित वेब सिरिज निर्माण गर्ने घोषणा गरेकी थिइन् । प्रियंकाले आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेकी छिन् ।

८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने छ । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ । यति बेला  प्रोडक्सनको काम भइरहेको छ । सिरिज निर्माण काम सुरु हुनु भन्दा पहिले र कथामा काम हुँदै गर्दा प्रियंकाले सिरिजकी मुख्य पात्र मायाको भूमिकामा सृष्टिलाई रोजेको प्रियंकाको भनाइ छ ।

तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी' तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी' तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी'

उनी भन्छिन् 'सृष्टिले केही गरी काम नगरेको खण्डमा मायाको क्यारेक्टर नै भिन्न हुन्थ्यो' । छायाङ्कनको काम भइरहेको 'जस्ट अनोदर लभ स्टोरी' को यति बेला एउटा गीतको छायाङ्कन भइरहेको छ ।

तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी' तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी' तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी' तस्बिरमा प्रियंका र सृष्टिको  'जस्ट अनोदर लभ स्टोरी'