कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यति बेला कलाकारिता भन्दा समाजसेवामा व्यस्त छ । हास्य टेलिसिरियल 'मेरी बास्सै' मा लामो समय आबद्ध भएर दर्शकको मन जितेका यी दुईलाई ‘धुर्मुस-सुन्तली’ को भूमिकाले हरेक नेपालीको मन जितायो । २०७२ सालको भूकम्प पछि कलाकारिता भन्दा पनि समाजसेवामा अफुलाई समर्पित उनीहरूले चार भिन्न भिन्न ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका छन् । पछिल्लो समय राष्ट्रको गौरव मानिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको लागी जुटिरहेका छन्रामबाबुको निर्देशनमा बन्ने भयो ‘धुर्मुस-सुन्तली’ को फिल्म । कलाकारिताको क्षेत्रमा लामो समयको विश्राम पछि उनीहरूले चलचित्र निर्माण गर्ने सोचमा स्क्रिप्टमा काम गरिरहेका थिए । चलचित्रको नाम जुराएका थिए ‘एन्टीभाइरस’ तर ज्योतिषीले एस् बाट नाम जुराउन सुझाएपछी चलचित्रको नाम ‘सेन्टीभाइरस’ बनाइएको खबर बाहिरिएको छ ।

चलचित्रलाई कुन्जना ले नै निर्देशन गर्ने भनिएको थियो तर अहिले आएर 'कबड्डी' सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशकको जिम्मेवारी बहन गर्ने भएका छन् । चाचित्रको मुख्य भूमिकाको लागी प्रदीप खड्कालाई अफर गरिएको खबर बाहिरिए पनि धुर्मुसले भने यो कुरा सत्य नभएको बताएका छन् ।