चलचित्र ‘सरौतो’को पहिलो गीत 'कुले दाइ' सार्वजनिक भएको छ । कार्तिक २२ गतेलाई प्रदर्शनको मिति तोकेर तयारीमा लागेको चलचित्रको उक्त गीत निर्देशक हरि हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो । गीतमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल र पराक्रम शमशेर जबरालाई फिचर्ड गरिएको छ । एक्सन लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको छ भने मिलन नेवारले सिवाकोटीलाई साथ दिएकी छन् । सार्वजनिक गीतको भिडियोमा निलिसा शाक्य र निर्देशक हरि हुँमागाईको कोरियोग्राफी रहेको छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । राघव कृष्ण गौतमले 'सरौतो'को कथा, पटकथा तथा संवाद लेखेका हुन् । यसै गरी चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानका अलावा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम शमशेर जबरा, मनोज तामाङ, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।