नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् । नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो 'समाचार' । काली प्रसाद बास्कोटाको शब्द सङ्गीत रहेको गीतको भिडियो सहित बिहीबार जी 21को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ ।
भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी 21 डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी 21 आफैमा एउटा स्टाब्लिस्ड कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन् । साथमा जी २१ ले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्षका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ ।