एकपछि अर्को हिट गीत नेपाली संगीत क्षेत्रलाई दिँदै आएका गायक तथा सङ्गीतकार हुन् कालीप्रसाद बाँस्कोटा । कालीप्रसाद पहिले सङ्गीतकार थिए तर २०७२ मा प्रदर्शन भएको उनले गाएकाे ‘रेसम फिलिली’ फिल्मको ‘पारी त्यो डाँडामा...’गीत भाइरल बनेपछि उनी गायकका रूपमा पनि कहलिए । सोही गीतको सफलतापछि काली लाइमलाइटमा आउन थाले लामो समय सङ्गीतमा बिताएका कालीको खोजी हुन थाल्यो ।

उनको सङ्गीत र शब्दमा रहेको लोक तर फरकपनलाई धेरैले रुचाए । ‘निर जैले रिसाउनी...’, ‘ठमेल बजार...’ ‘सुन साहिँली...’ जस्ता गीत यसका उदाहरण हुन् । जुन गीतले दर्शकलाई धेरै नचाएको पनि छ भने रुवाउन पनि सफल भएको छ । त्यसैले अचेल हरेक फिल्ममा उनलाई गीत गाउन लगाइमाग्नेको ताँती लामो छ ।

 

उनले गाइदिएपछि वा सङ्गीत भरिदिए वा ‘छोइदिए’ मात्रै पनि गीत भाइरल बन्छ भन्ने विश्वास सबैमा भेटिन्छन् । पछिल्ला केही दिन यता गीतसंगीतमा जति व्यस्तता र चर्चा कालीको छ त्यो भन्दा बढी गायनमा आधारित रियालिटी सो ‘नेपाल आइडल’ बाट उनि चर्चित बनिरहेका छन् । नेपाल आइडलमा निर्णायकहरु मध्ये काली प्रसाद बाँस्कोटा पनि एक हुन । यो सो जति चर्चित बनिरहेको छ , त्यति नै विवादित बनिरहेको छ । काली भन्छन् 'नेपालमा मात्र होइन , कुनै पनि ठुलो रियालिटि सो भए जँहा पुगे पनि विवाद भइरहेको नै हुन्छ । त्यसलाई सामान्य रूपमा लिनु पर्दछ् ।' उनी थप्छन्, 'लाखौबाट केही राम्रा प्रतिस्प्रधिलाई छान्नु पर्दा ,विवाद नहुने कुनै हुन्न । मलाई लाग्छ हामीले जतिलाई छानेका छौ उहाँहरू उत्कृष्ट हुनुहुन्छ । त्यो पनि सोको अन्त्यमा तपाईहरुले थाहा पाउनु हुनेछ । हामी गलत थियौ या सही ।'