जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले शनिवार सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ ले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा ५१ दिन सफलतापूर्वक पार गरेको हो । यसै खुसीयालीमा शनिवार निर्माण टिमले राजधानीका विभिन्न हलमा पुगी दर्शकसँग बसेर केक काटेर खुसी बाँड्यो । निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, कलाकार रविन्द्र झा, नायिका वर्षा राउत लगायत टिम उपस्थित भएर बालाजुको बिएसआर, चाबहिलको एफक्युव, सुनधाराको सिभिल मलका दर्शकसँग केक काटिएको हो ।

निर्देशक भट्टराईको डेव्यु चलचित्र 'जात्रा' लगायत उनले निर्देशन गरेका तीन ओटै चलचित्रले ५१औँ दिन मनाउन सफल भए । 'जात्रै जात्रा'ले घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने चलचित्र यस वर्षको सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा सूचीकृत हुन सफल भएको छ । यसमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हलहरुमा केक काटेर मनायो 'जात्रै जात्रा'ले ५१औँ दिन हलहरुमा केक काटेर मनायो 'जात्रै जात्रा'ले ५१औँ दिन हलहरुमा केक काटेर मनायो 'जात्रै जात्रा'ले ५१औँ दिन