चलचित्र 'जात्रै जात्रा'ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनायो । सफताको खुसीयालीमा विभिन्न कार्यक्रम आयोजना गर्‍यो , दर्शकलाई धन्यवाद व्यक्त गर्‍यो तर आफू मात्र खुसी भएन साथमा समाज र अप्ठेरो परेकालाई केही सहयोग पनि गर्‍यो । खुसी बाँड्दा अझ बढ्ने कुरालाई आत्मसाथ गर्दै 'जात्रै जात्रा' टिमले सिन्धुपाल्चोक स्थित माझी नमुना बस्ती निर्माणमा काम गरिरहेको श्वेता श्री फाउन्डेसनलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । वैशाख अन्तिम साताको 'को बन्छ करोडपति' खेल्ने क्रममा 'जात्रै जात्रा'का तर्फबाट अभिनेता दयाहाङ राईर विपिन कार्कीले त्यहाँ जितेको पैसा श्वेता खड्काको श्वेता फाउन्डेसनलाई प्रदान गर्ने निर्णय भएको थियो तर उक्त खेल मा जम्मा १० हजार हात परेको थियो । 

चलचित्र निर्माण पक्षले सो रकम मा १ लाख १ हजार १११ रुपैयाँ थपेर कुल १ लाख ११ हजार १११ रुपैयाँ फाउन्डेसनको लागी अभिनेत्री श्वेतालाई हस्तान्तरण गरिएको हो । घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने चलचित्र यस वर्षको सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा सूचीकृत हुन सफल भएको छ ।

जात्रै जात्राकाे सेलिब्रेसनमा श्वेताश्री फाउन्डेसनलाई १ लाख सहयोग जात्रै जात्राकाे सेलिब्रेसनमा श्वेताश्री फाउन्डेसनलाई १ लाख सहयोग जात्रै जात्राकाे सेलिब्रेसनमा श्वेताश्री फाउन्डेसनलाई १ लाख सहयोग