सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो । साथमा शनिवार साँझ चलचित्रका कलाकार, अन्य अतिथि कलाकार तथा सञ्चारकर्मीको सहभागितामा भव्य पार्टीको आयोजना गर्यो । उक्त पार्टीमा कलाकारलाई सम्मान गर्यो अनि सानो समाजसेवाको काममा पनि सहयोग गर्यो । निर्माण पक्षले स्वेताश्री फाउण्डेसनलाई माझी बस्ती निर्माणमा सहयोग गर्दै फाउण्डेसनकी अध्यक्ष श्वेता खड्कालाई १ लाख ११ हजार सहयोग हस्तान्तरण गर्यो ।
घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने चलचित्र यस वर्षको सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा सूचीकृत हुन सफल भएको छ । समीक्षात्मक र व्यावसायिक दुवै सफलता चुमेको यस चलचित्रसँगै निर्देशक भट्टराईका तीन चलचित्रले सफल ५१औँ दिने यात्रा पार गरेका छन् ।
कस्तो रह्यो कलाकारको जमघट ? हेरौँ तस्बिरमा 'जात्रै जात्रा'को सेलिब्रेसन !