रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र 'कबड्डी'को सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । आगामी भदौ १३ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको आइतबार इन्टरनेटमा टिजर सार्वजनिक गरिएको हो । अन्तरजातीय प्रेम सम्बन्धको कथा बोकेको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले संयुक्त रूपमा निर्माण गरेको चलचित्र बाँसुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने सिनेमासँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको ब्यानरमा बनेको छ । ‘कबड्डी कबड्डी कबड्डी’मा शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको सङ्गीत रहेको छ । निर्माण घोषणाको छोटो समयमा नै चलचित्र प्रदर्शनमा ल्याउने तयारी भएको हो ।