क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीको बिहे असार १६ गते हुने भएको छ । प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड  छापिएको छ । केहि दिन अगाडी दुवैले विहे गर्न लागेको चर्चाले मिडियामा निकै राम्रो स्थान पाएको थियो ।

तर औपचारिक रुपमा जानकारी प्राप्त भएको थिएन। तर अव भने असार १६ गतेलाई दुवैको बिहे पक्का भएको छ । वैवाहिक समरोहमा आफन्त मात्रै सहभागी हुने जनाकारी दिईएको छ ।असार १८ मा दिईने रिसेप्सन पार्टीमा भने आफन्त र चलचित्रकर्मी सहभागी हुने बताईएको छ ।

दुवैलाई सिनेपाटी टिमको  वैवाहिक जीवनको शुभकामना