रोमान्टिक लभ स्टोरी चलचित्र ‘यो माया कस्तो माया’ को दोस्रो गीत 'हुन्न है' सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत छ । असोजमा प्रदर्शन गर्ने लक्ष्य लिएर तयारीमा जुटेको चलचित्रको निर्माण केही समय अघि नै भएको थियो तर बिभिध प्राविधिक कारणले प्रदर्शनमा आउन भने सकेको थिएन । निर्देशक भूषण आनन्द ठकुरीले ९० प्रतिशत काम गरेर अस्वस्थ भएको भन्दै क्यानडा गएपछी रोकिइएको काम निर्माता किशन पोखरेलले गरेका थिए । टिममा समस्या आएर दुई जनाले निर्देशन गर्नु पारेता पनि चलचित्र राम्रो बनाउन कुनै कसर नछाडेको र दर्शकलाई चलचित्रले निराश नबनाउने दाबी निर्माता निर्देशक पोखरेलले गरेका छन् ।

चलचित्रमा युवराज केशरी, सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, तारा केसी, तुलसा शर्मा, शङ्कर महर्जनलगायतको अभिनय रहेको छ । कर्ण थापा किरण र बाबु गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताहरूमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , विशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् ।