श्रीलङ्कामा आयोजना भएको 'सार्क फिल्म फेस्टिभल २०१९' मा सहभागी हुन अभिनेत्री स्वस्तिमा खड्का यति बेला श्रीलङ्कामा छिन् । उनी अभिनीत चलचित्र ‘बुलबुल’ नेपालको तर्फबाट छानिएर उक्त फेस्टिभलमा पुगेको थियो । बुलबुलसँगै चलचित्र 'प्रसाद' पनि छानिएको थियो । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’ सफल चलचित्रमा गनिन्छ । दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यस चलचित्र स्वस्तिमाको करियरको एक उत्कृष्ट चलचित्रको रूपमा हेरिन्छ । यसै चलचित्रको तर्फबाट अभिनेत्री स्वस्तिमाले 'वेस्ट पर्फमर अफ दि इयर'को उपाधि पाएकी छिन् ।

'सार्क फिल्म फेस्टिभल'मा स्वस्तिमा बनिन् 'वेस्ट पर्फमर अफ दि इयर'

स्वस्तिमाले सामाजिक सञ्जालमा उक्त जानकारी दिँदै ट्रफी समातेको फोटो राखेकी छिन् । उनले आफूले पाएको सफलताको श्रेय बुलबुल टिमलाई दिएकी छिन् । फेस्टिभलको अन्तिम दिन आज विजेता घोषणा गरी सम्मान गरिएको हो । सार्क सदस्य रहेका आठ देशबाट छानिएका चलचित्रहरूले सार्क फिल्म फेस्टिभलको ९औँ संस्करणमा सहभागिता जनाएका थिए ।