एसइइ परीक्षामा सफल भएको अवसरमा अभिनेत्री करिष्मा मानन्धरले आफ्ना नजिकका साथी भाइ र गुरुहरूलाई पार्टी दिएकी छिन् । उमेरले साहस र इच्छालाई केही असर गर्दैन भन्ने साबित गरेकी करिष्माको लागी यो परीक्षाको सफलताले कति महत्त्व राखेको छ भन्ने कुरा उनको खुसी उनको अनुहारले मात्र होइन यस्ता सेलिब्रेसनले पनि देखाउँछ । हुन त हरेक वर्षको एसइइ परीक्षामा उमेरलाई जित्दै सपना पुरा गर्नेहरू देखिँदै आइरहेको हो । तर आफ्नो समयको मात्र नभएर आजसम्म पनि सदाबहार नायिकाको रूपमा आफूलाई स्थापित गर्न सफल करिष्माले पढाइको कदर र उनले लिएको अठोट पुरा गरेर छाडेकै कारण पनि सरहानिय गरिएको हो ।

एसइइको सफलताको खुसीमा करिष्माले दिइन् पार्टी एसइइको सफलताको खुसीमा करिष्माले दिइन् पार्टी

करिष्माले साथीभाइ, आफन्त र गुरुहरूको लागी पार्टीको आयोजना गरेको पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, अनुराग सिंह कुँवर, पत्रकार विजय रत्न तुलाधर, दीपा श्री निरौला लगायतको उपस्थिति रहेको थियो । बि प्लस जिपिए ल्याएर पास भएकी उनी कहाँ पढ्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

एसइइको सफलताको खुसीमा करिष्माले दिइन् पार्टी एसइइको सफलताको खुसीमा करिष्माले दिइन् पार्टी

तस्बिर: सम्झना रौनियार