राई इज किङ्ग अर्थात् गायक राजेश पायल राईको स्वरमा 'चञ्चले नानी' बोलको गीत सार्वजनिक भएको छ । उमेश रार्ईको शब्द तथा डी आर अटुको सङ्गीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । गीतको भिडियो सहित युट्युबमा रिलिज गरिएको हो । गीतको भिडियोमा यम लिम्बु, रमा ठकुरी, सौरोब तामाङ लगायत फिचर्ड छन् । भिडियोलाई किङ्ग योगीले निर्देशन गरेका हुन भने सन्तोष तिमील्सिनाले खिचेका हुन् । जिस्किदा जिस्किँदै माया बस्ने र दुई दिनको जीवनमा माया गरेर खुसी हुनुपर्छ भन्ने भाव बोकेको छ गीतले । साथमा हाँसेर बोल्ने मान्छे सबैलाई मन पर्छ तर माया सबैले नगर्न सक्छन् भन्दै राजेशले गीतलाई मनोरन्जनात्मक तरिकाले प्रस्तुत गरेका छन् ।