नायिका निता ढुङ्गानाले चलचित्र निर्माणको घोषणा गरेको तीन वर्ष भइसकेको छ । निताको आफ्नै ब्यानरबाट निर्माण हुने बताइएको चलचित्रको लामो समयसम्म पनि निर्माण प्रक्रिया सुरु हुन सकेको थिएन । अहिले आएर निताले चलचित्रको नाम सार्वजनिक गरेकी छिन् । चलचित्रको नाम ‘मम हन्टिङ’ राखेकी निताले विषयवस्तुसँग मेल खाने भएकाले उक्त नाम राखिएको र आवश्यकता अनुरूप परिवर्तन पनि हुन सक्ने बताएकी छिन् । कोसिस क्षेत्रीले चलचित्रको स्कृप्ट तयार गरिसकेका छन् भने समुन्द्र भट्टलाई निर्देशनको जिम्मा दिइसकिएको छ । निता भन्छिन् केही कलाकारहरूसँग कुरा भइरहेको छ । तर पनि चलचित्रको काम अगाडी बढिरहेको छैन ।

यसको कारण हो चलचित्रमा लगानी गर्ने मान्छे नहुनु । केही समय अघि निताले यस विषयमा मुख मात्र खोलेकी थिइनन् लगानीकर्ता भेट्ने बित्तिकै चलचित्रको छायाङ्कन सुरु गर्ने पनि बताएकी थिइन् । लगानी कर्ता बिना नै निताले स्कृप्ट, निर्देशक तयार गरिसकिन् अझ केही दिनमा कलाकारको पनि फाइनल हुने बताएकी छिन् । चलचित्र निर्माण प्रक्रिया भने कहिले सुरु हुने हो त्यो उनले लगानी गर्ने मान्छे भेट्टाएपछी टुङ्गो लाग्ला ।