चलचित्र 'गीत गजल'ले रिलिज मिति घोषणा गरेको छ । नितीन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ । गीत गजललाई आरोहण छेत्रीले निर्माण गरेका हुन् भने रूप पोख्रेल र आरोही सिंह मुख्य भूमिकामा देखिनेछन् । चलचित्र निर्माण पक्षले केही दिनमा गीत गजलको पहिलो अफिसियल गीत 'छ कि छैन तिमी लाई थाहा' सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहने छ । 'गीत गजल'मा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म रुप र आरोहीको डेब्यू हो ।