यती बेला नेपाली सिने नगरीमा एउटै कुराको चर्चा छ त्यो हो तीन वर्ष अघि चौथो श्रीमतीको रूपमा निर्माता छविराज ओझाको घर भित्रिएकी नायिका शिल्पा पोख्रेल र उनै छविबिचको झगडा र उजुरी । श्रीमान् छविको कुटाइले आफ्नो कानको जाली फुटेको र पटक पटक यातना दिने गरेको भन्दै शान्ति सुरक्षा पाउँ भनी शिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छिन् । जुन कुरा छविले स्वीकार गरेका छैनन् । प्रशासनले उक्त उजुरीको छानबिनको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्र पठाइसकेको छ र आवश्यक कारबाही गर्न आदेश सएमेत दिएको छ । दुवैलाई छलफलका लागी बिहीबार नै प्रहरी परिसर बोलाइए पनि छविले अस्वस्थ रहेको कारण उपस्थित हुन नसकेको भने, उनी उपस्थित नभए पनि शिल्पा भने पुगेकी थिइन्। छविले शिल्पासँग सामान्य घर झगडा भएको तर कुरा यहाँ सम्म पुग्ने गरी केही नभएको मिडियाहरूलाई बताइरहेका छन् । छविका अनुसार ८ असारमा उनीहरू बिच घरायसी विषयमा झगडा भएको थियो झगडा पछि शिल्पा एकाएक घरबाट निस्किएको र साँझ शिल्पाले बनाएको दाइ विकाश रौनियार र उनकी श्रीमती आएर लुगा फाटो लगेका थिए ।
यस विषयमा विकाशकी श्रीमती सम्झनाका अनुसार आफूले कन्यादान गरेर दिएकी बहिनीमाथि यसरी अन्याय हुँदा र कुटपिट जस्तो काम समेत भएपछि आफूले संरक्षण दिएको तर प्रहरीमा उजुरी दिनको लागी कुनै सल्लाह नदिएको बताएकी छिन् । छवि भने आफ्नो वैवाहिक सम्बन्ध बिगार्न रौनियार दम्पतीले ठुलो भूमिका खेलेको आरोप लगाउँछन् । आफ्नो विगत थाहा राम्रोसँग थाहा भएरै शिल्पाले आफूसँग सम्बन्ध स्थापना गरेको हो उनी भन्छन्, 'उहाँलाई मेरो सबै पृष्ठभूमि थाहा थियो । थाहा भएरै मसित सम्बन्ध गाँस्न आउनुभएको हो । उहाँलाई मैले नै फिल्म उद्योगमा स्थापित गराएँ, तर आज जीवनमा पहिलो पटक प्रहरी कार्यालय धाउन बाध्य बनाउनुभयो ।' आफू विरुद्ध उजुरी परेपछी छवि विभिन्न सङ्घ संस्थालाई गुहारी रहेका तर शिल्पासँग भने संवाद गर्न भने हच्किरहेको खबर श्रोतले जनाएको छ । केही वर्ष अघि नै गोप्य विवाह गरेका उनीहरू सँगै बस्थे तर औपचारिक रूपमा विवाहको जानकारी भने दिएका थिएनन् । केही समय अघि उनीहरूको विवाहको बारेमा छविकी तेस्री श्रीमती अर्थात् नायिका रेखा थापाले एक लेख मार्फत विवाह भैसकेको खुलाएपछी भने छविले यसबारे मुख खोलेका थिए ।
छविकी पहिली श्रीमती जो धरान कै थिइन् । उनीसँगको दस वर्षे सम्बन्ध टुटेपछी केही समय मानै उनकै चलचित्र ‘नाता’की अभिनेत्री गीतान्जली सुनुवारसँग विवाह गरे । यो विवाह पनि धेर टिक्न सकेन त्यसपछि उनको तेस्री श्रीमतीको रूपमा रेखा थापा भित्रिइन् । यो विवाह पनि धेर टिक्न पाएन र अन्ततः: २०७३ मा आपसी सहमतिमा डिभोर्स गरे दुईले । चलचित्र 'लज्जा' मार्फत अभिनेत्री शिल्पा पोख्रेललाई छविले नै नेपाली चलचित्रमा भित्र्याएका थिए र सोही चलचित्रबाट यी दुई नजिकिएका पनि थिए । सम्बन्धले विवाहको रूप लियो तर फेरी सम्बन्धमा चिसो पन आइदियो । यति बेला शिल्पाले छविसँग बारम्बार डिभोर्स मागिरहेको श्रोत बताउँछ ।