ठुलो पर्दाको चलचित्र र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा । पछिल्लो समय चलचित्र  ‘दाल भात तरकारी’ मा काम गरेकी आँचल सामाजिक सञ्जाल र युट्युब समेत लोकप्रिय नाम हो । उनले काम गरेका चलचित्रको तुलनामा धेरै म्युजिक भिडियोमा आफूलाई व्यस्त राख्ने गरेकी छिन् र त दिनहुँ जसो युट्युब उनी फिचर्ड म्युजिक भिडियो सार्वजनिक हुने गर्छन् । आफ्ना फ्यान फलोअर्स सँग अन्तर्क्रिया एवम् आफ्नो बारेमा अपडेट गराइरहने आँचलाले सामाजिक सञ्जालमा एउटा तस्बिर अपडेट गरेकी छिन् जसमा उदिप श्रेष्ठसँग उनी समय बिताइरहेको जानकारी समेत दिएकी छिन्।

उनले क्याप्सनमा आफ्नो सबैभन्दा मिल्ने साथीसँगको भेटघाट भनेकी छिन्। पछिल्लो समय आँचल र पल शाहको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । तथापि उनीहरू एक अर्कालाई मिल्ने साथीको रूपमा लिने बताउने गरेका छन् ।