भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत’ को उपाधि झापा मेचीनगरकी १७ वर्षीया निकिता थापामगरले हात पारेकी छिन् । निकिताले भारतका ३० प्रान्तबाट सहभागी भएका ३० प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस टिन भारत’ को उपाधि जितेकी हुन् । भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् । कक्षा १२ को परीक्षा दिएकी उनले एक लाख भारु नगद पुरस्कार तथा अन्य सम्मान पाएकी छिन् ।